News Desk
हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना देवकोटा पक्राउ परेकी छन। काठमाडौँको न्युरोडबाट पालुङटार नगरपालिका-१० बडडाँडाकी १९ वर्षीया देवकोटालाई प्रहरीले आज आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ।
उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लीएको बोहराको भनाइ छ।