पत्नी बलात्कारको अभियोगमा थुनामा रहेका न्यायाधीश भुवन गिरीले पाए सफाइ
News Desk
Apr-15 तारिख 06:31 बिहान

पत्नी बलात्कारको अभियोगमा न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन।

उच्च अदालत, पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले कसुरदार ठहर गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै सफाइ दिएको हो।

उच्चबाट सफाइ पाएसँगै सोमबार बिहान न्यायाधीश गिरी डिल्लीबजार कारागारबाट रिहा भएका छन।

सञ्चारमाध्यम, सामाजिक सञ्जाल, महिला आयोगजस्ता निकायहरूमा उजुरी गर्नुका साथै सडक संघर्षसमेत गरेको देखिन्छ।’

विवाहित महिलाले आफ्नो पतिसँग आफ्नो हक अधिकारका लागि न्यायिक आवाज उठाउनुलाई अन्यथा भन्न नमिल्ने पनि अदालतले भनेको छ। तर, जबर्जस्ती करणीजस्तो जघन्य कसुर र पत्नीले पतिबाट प्राप्त गर्नुपर्ने पारिवारिक सम्मान, सम्बन्ध तथा हक अधिकारका विषय फरक भएको अदालतले सम्झाएको छ। 

‘उमेर पुगेका व्यक्तिहरूबीच हुने शारीरिक सम्बन्धलाई स्वतः जबर्जस्ती करणीको कसुर भन्न मिल्ने पनि हुँदैन। यस्तो अवस्थामा जबर्जस्ती करणीजस्तो फौजदारी कसुर स्थापित हुनलाई सोहीबमोजिमको न्यायिक दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ,’ फैसलामा उल्लेख छ। 

यस मुद्दाका जाहेरवाला र प्रतिवादी गिरी पतिपत्नीको सम्बन्धमा रही प्रस्तुत वारदातभन्दा पहिला सम्बन्धविच्छेद समेतका मुद्दाहरू विचाराधीन अवस्थामा छन।