छोरीको विवाह हुनु १० दिनअघि हुनेवाला ज्वाइँसँग भागेकी महिला पक्राउ
News Desk
Apr-17 , 2025 तारिख 01:58 बेलुका

भारतको उत्तरप्रदेशस्थित अलीगढमा छोरीको विवाह हुनु १० दिनअघि हुनेवाला ज्वाइँसँग भागेकी महिलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

हिन्दुस्तानका अनुसार प्रहरीले दुवै जनालाई नेपाल सीमाबाट पक्राउ गरेको दाबी गरेको छ। तर, हुनेवाला सासूसँग भागेका युवकले आफैँ प्रहरी चौकीमा उपस्थित भएको दाबी गरेका छन।

आमा आफ्नो हुनेवाला श्रीमान्‌सँग भाग्दा छोरी बिरामी नै परेको बताइएको छ।