News Desk
सञ्चारिका समूहको हालै सम्पन्न महाधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको छ। महाधिवेशनमा कमला पन्थी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँले १४९ मत प्राप्त गर्दै प्रतिस्पर्धी पवित्रा सुनारलाई पराजित गर्नुभएको हो, जसले ८७ मत प्राप्त गर्नुभयो l
अन्य निर्वाचित पदाधिकारीहरू:
उपाध्यक्ष: बसन्ती बास्तोला — १२८ मत
सचिव: उर्बसी बस्न्यात — १०७ मत
कोषाध्यक्ष: साजना तामाङ
महासचिव पदमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ l
सदस्य पदमा निर्वाचित अन्य व्यक्तित्वहरूमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी रहेका छन् l
सञ्चारिका समूह नेपाली महिला पत्रकारहरूको अग्रणी संस्था हो, जसले महिला पत्रकारहरूको हकहित, क्षमता विकास र लैङ्गिक समानताको पक्षमा काम गर्दै आएको छ। नयाँ नेतृत्वले संस्थाको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।