राष्ट्रपतिबाट धिताललाई टर्कीका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त
News Desk
Apr-21 , 2025 तारिख 12:28 बेलुका

राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र ट​र्कीका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आज उनलाई तुर्किएका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।