परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध सिर्जना गर्ने काम गरेको रास्वपा कावा अध्यक्षको आरोप
News Desk
Apr-26 , 2025 तारिख 06:31 बिहान

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानि छानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताएका हुन। उनले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरे।

गभर्नर विभिन्न आयोगहरूमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ। उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा उल्लेख गर्दै गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए। उनले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरू व्यवसाय गर्न तयार नरहेको उल्लेख गरे। 

उनले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकारमा गएका दलहरूमध्ये अग्रसरता कसले लिने ? भन्दै प्रश्न गरे।

 

धेरै पढिएको