परराष्ट्रमन्त्री आरजु राणाले हाल चर्चामा रहेको सरकार परिवर्तनको हल्लालाई ‘मनोरञ्जनका लागि चलाइएको कथा’ भन्दै खारेज गरेकी छिन। थाइल्यान्ड भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री राणाले यस्ता हल्लाले केवल चर्चा मात्र पैदा गर्ने बताइन।
ँसरकार परिवर्तन त देशभित्रै बसेर गरिने कुरा हो। विदेशबाट त सरकार फेरिँदैन,ँ मन्त्री राणाले भनिन्, ँहामी पनि विदेशमै हुँदा यस्ता समाचार देखेर छक्क पर्यौं।ँ
वैशाख ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री राणा सपरिवार थाइल्यान्डको बैंकक गएका थिए। राणा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ऊणैष्चाप्) को ८१औं सत्रमा सहभागी हुन गएकी थीन भने देउवा स्वास्थ्य उपचारका लागि बैंकक गएका थिए।
राजनीतिक भेटघाटको चर्चा चर्किरहेका बेला राणाले थाइल्यान्डमा कुनै राजनीतिक भेटवार्ता नभएको स्पष्ट पारेकी छन। साथै, प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच फोनमा सरकार परिवर्तनबारे सामान्य कुराकानी भएको भन्दै राणाले देउवाले पनि यस्ता हल्लाबारे अनभिज्ञता देखाएको बताइन।
ँप्रधानमन्त्रीज्यूले फोन गरेर यस्तो सरकार परिवर्तनको चर्चा के हो भनेर सोध्नुभयो। सभापतिज्यूले के हो के हो भन्नुभयो,ँ राणाको भनाइ थियो।
सरकार परिवर्तनको सम्भावनाबारे आएका हल्लाले राजनीतिक वृतमा सरगर्मी बढाए पनि राणाले त्यसलाई केवल चर्चा र अनुमानको विषय मात्र रहेको स्पष्ट पारेकी छन।