ट्रम्पको दोस्रो कार्यकाल र कडिएको आप्रवासन नीतिले नेपाली समुदायमा असर
News Desk
Apr-27 , 2025 तारिख 11:57 बिहान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेसँगै कागजपत्रविहीन र आपराधिक पृष्ठभूमि भएका आप्रवासीहरूलाई पहिलो निशाना बनाउने घोषणा गर्नुभएको थियो। विशेष गरी ल्याटिन अमेरिकी देशहरूबाट अवैध रूपमा अमेरिका छिरेका तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि व्यापक रूपमा पक्राउ र देश निकाला प्रक्रिया अगाडि बढाइएको छ।

यद्यपि अन्य देशका आप्रवासीहरू पनि सोही प्रकृयामा परिरहेका छन। अमेरिका बसोबास गरिरहेका तीन लाखभन्दा बढी नेपालीहरूलाई ट्रम्प प्रशासनको पछिल्लो आप्रवासन नीतिले कस्तो प्रभाव पारिरहेको होला भन्ने विषयमा अहिले नेपाली समुदायमा चासो र चिन्ता बढेको छ।

डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै आप्रवासन नीतिमा कडाइ गरेपछि नेपाली समुदायमा चिन्ता थपिएको छ। यद्यपि, कागजपत्र नभएका र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू मात्र निशानामा परेकाले वैधानिक हैसियतमा अमेरिका रहेका नेपालीहरूले भने अत्याधिक डराउनुपर्ने अवस्था नरहेको कानुन व्यवसायीहरूले बताएका छन।

अमेरिकाबाट निष्कासनमा पर्नसक्ने नेपालीहरूको समूहमा टीपीएस (टेम्पोर​र्य प्रोतेच्तेद ष्त​तुस्) धारकहरू मुख्य रूपमा पर्छन। अमेरिकी गृह सुरक्षा विभाग (होमेल​न्द षेचुरित्य्) का अनुसार टीपीएसमा रहेका नेपालीहरूको संख्या सात हजार ८७५ रहेको छ। २०१५ मा नेपालमा गएको महाभूकम्पलाई आधार मानेर अमेरिकी सरकारले १९ हजार नेपालीलाई टीपीएसको मान्यता दिएको थियो, जसअन्तर्गत उनीहरूलाई अमेरिका बसेर काम गर्ने अनुमति प्रदान गरिएको थियो। टीपीएसको अवधि हरेक वर्ष विस्तार हुँदै आएकोमा ट्रम्प प्रशासनले अब म्याद नथप्ने संकेत दिएको छ। फलस्वरूप आगामी जुन महिनापछि सात हजारभन्दा बढी नेपाली निष्कासनको जोखिममा पर्नसक्ने देखिएको छ।

अर्कोतर्फ, नेपाल अमेरिका पठाउने मुलुकमध्ये १०औं स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा अमेरिका जाने नेपाली विद्यार्थीहरूको संख्या बढ्दो छ। पछिल्लो तथ्याङ्कअनुसार, अघिल्लो वर्षको नोभेम्बरसम्म अमेरिका अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या करिब १७ हजार पुगेको छ, जुन अघिल्लो शैक्षिक सत्रभन्दा १० प्रतिशतले बढी हो। तर, आप्रवासन नीति कडिँदै गएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कानुनी हैसियत जोगाइराख्न थप सचेत रहनुपर्ने देखिएको छ।

त्यस्तै, अमेरिका बसोबास गरिरहेका ग्रिनकार्ड होल्डर नेपालीहरूको संख्या पनि उल्लेख्य रहेको छ। अमेरिकी गृह सुरक्षा विभागका अनुसार हालसम्म २ लाखभन्दा बढी नेपालीहरूले ग्रिनकार्ड लीसकेका छन्, जसमा करिब ९० हजारले अमेरिकी नागरिकता समेत प्राप्त गरिसकेका छन। तथापि, पछिल्लो कडिएको नीतिले ग्रिनकार्ड होल्डरहरूलाई पनि अमेरिकी कानुन उल्लंघन गरेमा समस्या सिर्जना हुनसक्ने जोखिम देखिएको छ।

डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अप्रिलको दोस्रो सातासम्ममा ६३ जना नेपालीहरू अमेरिका निष्कासनमा परेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार निष्कासनमा परेकामध्ये सात जना महिला र ५६ जना पुरुष रहेका छन। तीमध्ये आठ जना चार्टर्ड विमानमार्फत नेपाल पठाइएका थिए भने बाँकीलाई नियमित उडानमार्फत स्वदेश फर्काइएको थियो।