सहमहामन्त्री यादवको चुनौती : ‘‘छोराको नाम र फोटो सार्वजनिक गर्नुस्, नत्र कानुनी कारबाही"
News Desk
Apr-29 , 2025 तारिख 06:42 बिहान

जनकपुरधाम, वैशाख १५, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई चुनौती दिंदै भाटभटेनी लुटपाट घटनामा आफूलाई जोड्नुअघि प्रमाणसहित आफ्नो छोराको नाम र तस्वीर सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो। उहाँले आरोप पुष्टि नभए लिङदेनविरुद्ध कानुनी कारबाही अगाडि बढाउनुपर्ने माग पनि राख्नुभयो।

चैत १५ गते भाटभटेनीमा भएको लुटपाट घटनामा आफ्नो छोराको कुनै संलग्नता नभएको स्पष्ट पार्दै सहमहामन्त्री यादवले प्रतिनिधि सभामा झूटा सूचना फैलाएर संसद र जनतालाई भ्रमित गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो।

यस घटनाप्रति विरोध जनाउँदै नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

धेरै पढिएको