News Desk
काठमाडौं –आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labour Day) नेपालसहित विश्वभर विविध कार्यक्रमग री मनाईदैछ । नेपालमा पनि विभिन्न श्रमिक संगठन, ट्रेड युनियन, श्रमिक नेताहरू र नागरिक समाजको सहभागितामा र्याली, सभा र छलफल कार्यक्रम आयोजना हुदैछन ।
इतिहास र सन्दर्भ
सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा आठ घण्टे कार्य समयमा आवाज उठाउँदै श्रमिकहरूले सुरु गरेको आन्दोलनको सम्झनामा विश्वभर मे १ तारिखमा श्रमिक दिवस मनाइन्छ। नेपालमा भने २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि औपचारिक रुपमा श्रमिक दिवस मनाउन थालिएको हो।
आजको दिन श्रमिकहरूको संघर्ष, योगदान र हक–अधिकारको स्मरण गर्दै श्रमको सम्मान र मर्यादा कायम गर्न विभिन्न मागहरू उठाइन्छन्।