रुकुम पूर्बमा असिनापानीले बालीनालीमा क्षति
News Desk
May-02 , 2025 तारिख 06:13 बेलुका

रुकुम पूर्बमा असिनापानीले बालीनालीमा क्षति भएको छ । हिजो साँझ आएको असिना पानीले कृषकहरुले लगाएको बर्खे बाली तरकारी र फलफुलमा धेरै क्षति पुर्‍याएको हो।

जिल्लाको भुमेका केही वडा, सिस्नेका केही वडा तथा पुथा उत्तरगँगा गाउँपालिकामा धेरै क्षति भएको अनुमान गरिएको छ । बर्खे बाली मकै, सिमी, खुर्सानी, काउली, बन्दागोभी, फर्सी, आलु र फलफूलमा क्षति भएको स्थानीय बताउँछन ।

मकै बालीसँगै बेर्ना सारी सकेका काउली, बन्दा, खुर्सानी  तरकारी बाली र फुलेर फल लाग्न थालेको फलफुल बाली असिना पानी आएर क्षति पुर्‍याएपछि किसानहरु चिन्तित छन ।