रुकुम पूर्वमा यतिबेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो तयार
News Desk
May-05 , 2025 तारिख 04:54 बेलुका

रुकुम पूर्वमा यतिबेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो खन्ने चटारो छ । स्थानीय सरकार बाट ठाउँ छनोट र प्राविधिक कुरा तयार भएपछि बेरोजगारहरुले गोरेटो खन्ने गर्छन् । हरेक वडामा सुरुमा बेरोजगारहरु लाई सुचिकृत गरेर त्यसको आधारमा काममा लगाउने गर्छन् । भौगोलिक विकट्टामा रहेको रुकुम पूर्वमा हरेक वर्ष सानो-सानो गोरेटो खन्ने गर्छन् ।

युवा पुस्ता विदेश पलायन हुँदा अहिले गाउँमा महिला मात्रै भेटिन्छन् । बेरोजगारहरुको लाइनमा महिला मात्रै देखिन्छन् । तीनवटै पालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ । सो कार्यक्रममार्फत एउटा वडामा ६०/७० जनाले एक सय दिनको रोजगारी पाउने प्राबधान रहेपनि स्थानीयहरु तँछाडमछाड गर्दै काममा पुग्छन् ।

सडक सोलिङ, खुत्किला तथा पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाले समन्वय गरेर काम गर्छन् । गाउँको मुख्य विकास भनेको सडक ठानेर, गोरेटोका अप्ठ्यारा ठाउँमा खन्ने गरेको पुथा उत्तरगंगा गाउँपालिका रोजगार संयोजक भुपाल बुढामगरले बताउनुभयो ।

उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहयोग पुर्‍याउने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ग्रामीण गोरेटो स्तरोन्नती गरिएको छ । सामग्री खरिद गरेर गोरेटो स्तरोन्नति तथा पदमार्ग निर्माण गरेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो ।