रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग, अन्यथा समर्थन फिर्ता लिने चेतावनी
News Desk
May-06 , 2025 तारिख 12:14 बेलुका

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ मागेको छ ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिएका छन ।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं ।’ त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताएका छन । नाउपा र जनमतको एकता घोषणाकै दिन रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम नै विथोलिएको छ ।