News Desk
काठमाडौं, वैशाख २६ – आज ब्रेनल्याण्ड एकेडेमी विद्यालय परिसरमा सातौं बिएलए स्टुडेण्ट काउन्सिल - Students’ Council निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको छ। “एकसाथ नेतृत्व गरौं, एकसाथ सफलता पाऔं” भन्ने मूल नाराका साथ सम्पन्न भएको यस निर्वाचनले बिद्यार्थीहरूको नेतृत्व क्षमता, लोकतान्त्रिक अभ्यास र सक्रिय सहभागिता प्रस्तुत गरेको छ।
निर्वाचनको परिणामअनुसार छत्र बहादुर अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्ष (केटा) पदमा युशान पौडेल र उपाध्यक्ष (केटी) पदमा विपना कुँवर निर्वाचित भएका छन्। सचिव पदमा भावना कटवाल, कोषाध्यक्षमा सिमान्त ढुङाना, अनुशासन प्रतिनिधिमा दिलपना आचार्य, सरसफाइ प्रतिनिधिमा दीपा राई, प्राविधिक प्रतिनिधिमा अनुज महतो, सभा प्रतिनिधिमा सिता तामाङ विजयी भएका छन्। त्यस्तै, रेड हाउस प्रतिनिधिमा बिपिन रिमाल, ब्लु हाउस प्रतिनिधिमा उपेन्द्र बुढाथोकी, ग्रिन हाउस प्रतिनिधिमा मुना घिमिरे तथा येलो हाउस प्रतिनिधिमा रेशु गुरुङ निर्वाचित भएका छन्।
नयाँ निर्वाचित नेतृत्वले बिद्यार्थीहरूको हक–हितको संरक्षण र समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको विद्यालयका प्रिन्सिपल पारसमणि दाहालले बताउनुभयो । विद्यालय प्रशासन र शिक्षकहरूले निर्वाचन प्रक्रियामा देखिएको विद्यार्थीहरूको सहभागिता, अनुशासन र उत्साहप्रति निर्वाचन आयुक्त केपी ओझाले प्रशंसा व्यक्त गरेका छन्। यस प्रकारको अभ्यासले बिद्यार्थीहरूमा जिम्मेवारी बोध, निर्णय क्षमता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको विद्यालयका भाईस प्रिन्सिपल प्रशान्त दाहालले बताउनुभयो ।
