राष्ट्रपति प्रथम महिलासहित बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक
News Desk
May-12 , 2025 तारिख 10:12 बिहान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक हुनुभयो ।

सो अवसरमा उहाँले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गर्नुभएको थियो । कार्यक्रमस्थलमा उहाँलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गर्नुभएको थियो । 

आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती मनाइदैछ ।

धेरै पढिएको