News Desk
काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षकद्वारा जनपद प्रहरीका एक सहायक हवल्दारमाथि हातपात गरेको घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
बुधबार बिहान घटेको यो घटनाबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले जानकारी दिँदै अनुसन्धान भइरहेको बताए। उनका अनुसार दुबै पक्षसँग बुझ्ने प्रक्रिया अघि बढिरहेको छ।
प्रहरी स्रोतका भनाइअनुसार, जनपद प्रहरीलाई भारतीय नम्बर प्लेट भएको गाडीबाट पैसा लिँदै गरेको ट्राफिक प्रहरी निरीक्षकले देखेपछि विवाद उत्पन्न भएको हो। घटनाबारे यथार्थ विवरण छानबिनपछि सार्वजनिक गरिने एसएसपी घिमिरेले बताए।