चितवनमा रहेको विमानस्थलमा पहिलोपटक एटीआर ७२ जहाज अवतरण
News Desk
May-23 , 2025 तारिख 11:56 बिहान

निजी क्षेत्रको हवाइ सेवा प्रदायक बुद्ध एयरले भरतपुर विमानस्थलमा ठूलो जहाजबाट सफल अवतरण गरेको छ। 

चितवनमा रहेको विमानस्थलमा पहिलोपटक एटीआर ७२ जहाज अवतरण गरेको हो। 

यसअघि नै ४७ सिटे जहाजबाट भने नियमित उडान भइरहेको छ। पछिल्लो समय विमानस्थल रनवे विस्तारको काम समेत भइरहेको छ। 

सन २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयासस्वरुप आज ७२ सिट क्षमताको एटीआर ७२ जहाजको परीक्षण उडान सफल भएको हो।