१५औं महाधिवशेनमा सभापति उठ्छु, तपाईंहरूको दरिलो साथ चाहियो : डा. शशांक कोइराला
News Desk
May-24 , 2025 तारिख 12:30 बेलुका

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति उठ्ने बताएका छन। आफ्ना निवासमा भेट्न पुगेका नेताहरूलाई उनले पार्टीको सभापतिमा लड्ने र त्यसका लागि साथ दिन आग्रह गरे। 

उनको निवासमा आज नेपाल प्रजातन्त्र सेनानी संघको टोली पुगेको थियो। संघको टोलीले पार्टी सही ढंगले नचलेको गुनासो गरेपछि उनले भनेका थिए, ं१५औं महाधिवशेनमा सभापति उठ्छु। तपाईंहरूको दरिलो साथ चाहियो।ं

आजको भेटमा संघका अध्यक्ष बालकृष्ण दाहालले पार्टीको वडातहदेखि प्रजातन्त्र सेनानीहरूको सुनिश्चिततासहितको मागपत्र कोइलालाई बुझाएका थिए। 

उनले प्रजातन्त्र सेनानीहरूले लोकतन्त्र ल्याउनुमा ठूलो भूमिका रहेको र यसलाई सरकारले सम्मान गर्नुपर्ने बताए।