News Desk
राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठ र शाहको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले सांसद पदमा रहेर सशक्त भूमिका निर्वाह गर्ने भन्दै गत वैशाख ४ गते पार्टीको सचिवालयमा राजीनामा बुझाउनुभएको थियो ।
यस्तै, अनिलकेशरी शाहले पार्टीको प्रशिक्षण विभाग र आफ्नो क्षमताको तालमेल नमिलेकाले अर्को विभागमा रहने भन्दै राजीनामा दिनुभएको थियो ।