प्रतिनिधि सभा बैठकमै प्रतिपक्षी दलहरुले चर्काए गृहमन्त्री रमेश लेखकको राजीनामाको माग
News Desk
May-28 , 2025 तारिख 12:10 बेलुका

प्रतिपक्षी दलहरुले मागे गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन ।

आजको प्रतिनिधि सभाको बैठक शुरु हुना साथ माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका हुन ।

पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफुहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।