प्रचण्डप्रति इंगित गर्दै गृहमन्त्री "आफैँले नियुक्त गरेको मुख्यसचिवको विषयमा के गर्नुभयो ?"
News Desk
May-29 , 2025 तारिख 12:12 बेलुका

गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताएका छन। भिजिट भिसा प्रकरणमा मुछिएका उनले संसद्‌मा आफ्ना कुरा राख्न नपाएपछि पत्रकारसम्मेलन गर्दै आफूमाथिका प्रश्नहरूबाट पन्छिन अन्य नेताहरूमाथि प्रश्न गरे। 

पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै उनले आफैँले नियुक्त गरेको मुख्यसचिवको विषयमा के भनेको थिएँ? भन्दै लेखकले प्रश्न गरे। 

ंआफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे? मैले उठाएँ?  मैले संसद्‌मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ?ं उनले प्रश्न गरे। लेखकले पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको प्रसंग जोडेका हुन। 

अध्यागमनका कर्मचारी तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। यसै विषयमा आफ्नो नाम जोडिएपछि लेखकले आज स्पष्टीकरण दिएका हुन। 

यस्तो छ उनको प्रष्टीकरण
•    मेरा आम मतदातालाई सार्वभौम नेपाली जनाताको सर्वोच्च संस्था संघीय संसदमा आफ्ना कुराहरू राख्ने र गरिमामय सदन मार्फत नेपाली जनतालाई अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुख मार्फत समय मागेको थिए। म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टीकरण जनताको थलोबाटै दिन चाहन्थे तर त्यो संभव नभएकोले म राज्यको चौथो अङ्गमार्फत आफ्नोबारे उठेको प्रश्नको जवाफ दिन चाहन्छु।