नेपालमै पहिलोपटक चितवनको भरतपुरमा जेठ ३१ गते ‘ ऐतिहासिक रक्तदान महोत्सव ’ हुने
News Desk
Jun-03 , 2025 तारिख 12:37 बेलुका

चितवन । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा ‘ प्रथम ऐतिहासिक रक्तदान महोत्सव ’ हुने भएको छ । चितवनको भरतपुरमा ब्लड डोनर्स सोसाइटी चितवनले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा चितवनको भरतपुर महानगरपालिका -१०, प्रदर्शनी केन्द्रमा जेठ ३१ गते शनिबार, बिहान ०७:०० बजेदेखि १ हजार ५ सय बढी पिन्ट रगत संकलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । 

उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उप - समितिहरु गठन गरेको छ । जस अन्तर्गत आर्थिक संकलन उप - समिति संयोजक अभिषेक अधिकारी, प्रचारप्रचार उप - समिति संयोजक विपिन पाठक, यातायात उप - समिति संयोजक नारायण प्रसाद न्यौपाने, प्राविधिक उप - समिति संयोजक रमेश नेपाल रहने व्यवस्था गरेको छ । 

यसैगरी, अतिथि सत्कार उप - समिति संयोजक सिर्जना कण्डेल, मञ्च तथा स्वयंसेवक परिचालन समिति संयोजक अन्जन दवाडी, खाजा / खाना व्यवस्थापन उप - समिति दिपक घिमिरे रहने व्यवस्था गरेको छ । रक्तदान सम्बन्धि सचेतना जागृत गर्ने तथा नयाँ रक्तदाताहरूलाई उत्साहित गर्दै मानवीय सेवामा लाग्न थप ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ ।