ठूला ढुंगाहरू खसेर केदारनाथ-बद्रीनाथ धाम जाने सडक बन्द
News Desk
Jun-05 , 2025 तारिख 07:05 बिहान

उत्तराखण्ड र हिमाचलमा २ दिनदेखि भइरहेको भारी वर्षा र हिमपातका कारण केदारनाथ-बद्रीनाथ धाम जाने बाटो बन्द भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण ठूला ढुंगाहरू खसेर केदारनाथ-बद्रीनाथ धाम जाने सडक बन्द भएको हो। 

भारतका उत्तर-पूर्वी राज्यहरूमा २ हप्तादेखि निरन्तर वर्षा भइरहेको छ।

पछिल्लो ११ दिनमा मिजोरममा मात्रै ६२६ स्थानमा पहिरो गएका छन। जसमा परी ५ जनाको मृत्यु भएको छ।

धेरै पढिएको