News Desk
धनगढी | सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले समाज, भाषा, साहित्य, शिक्षा, पत्रकारिता तथा सामाजिक सेवाको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रा. डा. निर्मलमणि अधिकारीलाई ‘पहलमानसिंह स्वार स्मृति राष्ट्रिय प्रतिभा सम्मान-२०८२’ द्वारा सम्मानित गरेको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, धनगढीको आयोजनामा भएको विशेष समारोहमा डा। अधिकारीलाई यो सम्मान प्रदान गरिएको हो। उहाँको दीर्घकालीन योगदानले राष्ट्रिय चेतना, भाषा, साहित्य, समसामयिक लेखन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण प्रभाव पारेको भन्दै सम्मान गरिएको उल्लेख छ।
सम्मानपत्रमा प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति डा। टीकम जोशी लगायतका पदाधिकारीहरूको संयुक्त हस्ताक्षर रहेको छ।