News Desk
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपालको संलग्नता नरहेको दाबी गरेका छन्। गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियारले दाबी गरेजस्तो अनियमिततामा अध्यक्ष नेपालको संलग्न नरहेको बताएका हुन्।
अख्तियारले तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बदलाको भावनाले अगाडि बढाइएको महासचिव भुसालको दाबी छ। ‘ओली जी आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ’, उनले भने, ‘त्यही शिलशिलामा पार्टी अध्यक्षमाथि बदलाको स्वरूपमा मुद्दा चलाइएको हो।’
महासचिव भुसालले २०८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको भए पनि त्यो पूरा नहुने बताए।