रोटरी क्लब अफ न्युरोड सी.टी.बाट डल्लु सामुदायिक अस्पताललाई ओ.टी. लाइट सहयोग
News Desk
Jun-21 , 2025 तारिख 10:59 बेलुका

काठमाडौं, डल्लु | सामुदायिक स्वास्थ्य सेवा परिषद् अन्तर्गत सञ्चालन भइरहेको सामुदायिक अस्पताल, डल्लु आवासले शल्यक्रिया कक्ष (Operation Theater) मा प्रयोग हुने अत्यावश्यक ओ.टी. लाइट रोटरी क्लब अफ न्युरोड सी.टी.को सहयोगमा प्राप्त गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ न्युरोड सी.टी.का संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामुदायिक स्वास्थ्य सेवा परिषद् तर्फबाट कार्यक्रममा अध्यक्ष हरी गोपाल श्रेष्ठ, उपाध्यक्ष केशर बहादुर मानन्धर, सचिव प्रकाश श्रेष्ठ, र अस्पताल व्यवस्थापन संयोजक निशा अधिकारी थापा सहित अन्य पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
यसैक्रममा, तस्बीर मा देखिएको  अप्रेसन टेबल (O.T. Bed) जुन कर्मा ग्रुप अफ कम्पनीजबाट सहयोगस्वरूप प्रदान गरिएको  थियो ।
सहयोगदाताप्रति आभार व्यक्त गर्दै परिषद्का अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष केशर बहादुर मान्धर ले भन्नुभयो , “सामुदायिक स्वास्थ्य सेवामा गुणस्तरीय सेवा विस्तार गर्न यस्ता सहयोगहरू प्रेरणादायी छन्। यसले अस्पतालको शल्यक्रिया सेवा अझ प्रभावकारी बनाउनेछ।”

डल्लु सामुदायिक अस्पतालले आगामी दिनमा पनि विभिन्न संस्थासँग सहकार्य गरी सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।