News Desk
काठमाडौं, असार ७ | फोकस नेपालद्वारा आयोजित “नेशनल एजुकेशन एक्सिलेन्स अवार्ड २०२५” अन्तर्गत राजधानीको साउथवेस्टर्न स्टेट सेकन्डरी स्कुल/कलेज, बसुन्धरा, काठमाडौं लाई “नेपालकै उत्कृष्ट +२ स्कुल/कलेज” को उपाधिबाट सम्मानित गरिएको छ।
शिक्षा तथा सामाजिक सेवामार्फत राष्ट्रमा पुर्याएको अनुकरणीय योगदानको उच्च कदर स्वरूप साउथवेस्टर्न स्टेट सेकन्डरी स्कुल/कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो। असार ७ गते, शनिबार नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजित विशेष समारोहमा कलेजका सह–प्राचार्य हरिसिंह केसीलाई उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा मन्त्रिपरिषद पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खीलराज रेग्मी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस अवसरमा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महराको उपस्थिति रहेको थियो।
फोकस नेपालले कलेजलाई सम्मान प्रदान गर्दै “अझ प्रगाढ सफलता, उत्तम स्वास्थ्य तथा भावी दिनमा अझ प्रभावशाली योगदान” को शुभकामना व्यक्त गर्दै पुनः हार्दिक बधाई दिएको छ।
