भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन
News Desk
Jun-24 , 2025 तारिख 12:53 बेलुका

सरकारले भिजिट भिसा प्रकरण छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

सोमवार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति बनाएको हो।

समितिलाई ३० दिनको समय दिइएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए।

यस्तै सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय पनि गरेको जनाइएको छ ।