News Desk
बेंगलुरुमा एक दुखद घटनामा एक युवती १३औँ तलाको छतबाट खसेर ज्यान गुमाएकी छिन्। प्रहरीका अनुसार उनी सामाजिक सञ्जालका लागि रिल बनाउने क्रममा अचानक लडेकी थिइन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नन्दिनी नाम गरेकी ती युवती आफ्नी साथीको घरमा आयोजित पार्टीमा सहभागी हुन गएकी थिइन्। उक्त घटना परप्पाना अग्रहारा प्रहरी चौकीअन्तर्गतको एक अपार्टमेन्टमा बुधबार राति घटेको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।