कलाकार तथा निर्देशक पवन जोशीलाई अभिनयका महारथी विभूषण र नगद ५० हजारसहित लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान
News Desk
Jun-28 , 2025 तारिख 10:14 बेलुका

ललितपुर । नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण  र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड(२०८२  युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ।।  

जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष  बागमती भाइलाई नै संस्थाको वृति विकासको सहयोगार्थ हस्तान्तरण गरेर थप उदाहरणिय युगीन कार्य पवन जोशीवाट भएको छ।। 


 साथमा सोही समारोहमा नगरपिता सम्मान ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई प्रदान गरिएको थियोे ।। त्यस्तै, नेवाः तारा सम्मान नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी, नेवाः सूर्य सम्मान  काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनलाई दिइएको थियो ।

त्यसलगायत विभिन्न विधामा विभिन्न मान(पदवी र सम्मान प्रदान गरिएको जानकारी आयोजक नेवाःसाधना कला केन्द्रका अध्यक्ष बागमती भाइले दिएका छन् ।