सामाजिक सञ्जालमा चरित्रहत्या हुने गरी कमेन्ट गरेको भन्दै गायिका एलिना चौहानले साइबर ब्यूरोमा दिईन​ उजुरी
News Desk
Jul-01 , 2025 तारिख 12:36 बेलुका

सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्रहत्या हुने गरी कमेन्ट गरेको भन्दै गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्यूरो पुगेकी छिन्।

साइबर अपराध कसुरमा उनले आज चार जनाविरूद्ध उजुरी दिएकी छिन्। उनले साइबर ब्यूरोको अफिसमा पुगेर खिचिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छिन्, ‘यो लडाईं मेरो मात्रै होइन, चरित्रहत्या गर्ने अधिकार कसैको छैन, सबैलाई साथ दिनुहोला ।’

डिभोर्सपछि व्यक्तिगत जीवनका विषयमा उनका स्टाटसमा विभिन्न व्यक्तिहरूले अश्लिल शब्दहरू पोष्ट गरेका थिए। ती पोष्टहरू पनि एलिनाले फेसबुकबाट सार्वजनिक गर्दै आएकी छिन्।