News Desk
काठमाडौं । प्रल्हाद दाहाल रोटरी क्लब अफ कपन, काठमाडौंको २०२५–२०२६ कार्यकालका लागि अध्यक्ष नियुक्त भएका छन। सन २०१६ मा दाहालकै पहलमा स्थापना भएको यो क्लबले ९ वर्षपछि संस्थापक मध्येका एक दाहाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।
दाहालले क्लब स्थापना गर्दा आफू अध्यक्ष नभई अरू साथीहरूलाई प्राथमिकता दिएका थिए। अब भने लामो समयपछि संस्थागत उत्तरदायित्व वहन गर्दै उनले अध्यक्ष पद सम्हाल्न लागेका हुन।
विगतदेखि नै सामाजिक र पेशागत रूपमा सक्रिय दाहाल हाल नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष पनि हुन। साथै, उनी एनप्याब्सन (N-PABSON), अप्टिमिष्ट क्लबलगायत विभिन्न शैक्षिक, खेलकुद तथा सामाजिक संस्थाहरूमा संलग्न छन।
"विभिन्न जिम्मेवारी र व्यस्तता बीच क्लबको अध्यक्ष पद ग्रहण गर्नु सजिलो थिएन, तर अहिले परिस्थितिले मौका मिलाएको छ," दाहालले बताए।
रोटरी क्लब अफ कपन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भूटान अन्तर्गत पर्छ। सन २०२५–२०२६ को रोटरीको नारा 'UNITE FOR GOOD' रहेको छ। अध्यक्ष दाहालले क्लबका उद्देश्यअनुसार आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन।