अर्घाखाँचीका २ युवतीबीच समलिंगी विवाह
News Desk
Jul-03 , 2025 तारिख 05:54 बेलुका

अर्घाखाँची । अर्घाखाँचीका २ युवतीबीच समलिंगी विवाहको पञ्जीकरण गरिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ की २३ वर्षकी युवती बेहुला र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाकी २० वर्षकी युवती बेहुलीको रूपमा विवाह गरेका हुन ।

स्नातक पढ्दै गरेका यी युवतीबीच कलेज पढ्दै गर्दा प्रेम भएको उनीहरूले बताएका छन । विवाहपछि उनीहरूले भूमिकास्थान नगरपालिकाको ९ नम्बर वडा कार्यालयमा समलिंगी विवाह दर्ता पनि गराएका छन । पञ्जीकरणका लागि उनीहरूले दिएको विवरण अनुसार उनीहरूले २०८२ जेठ १८ गते विवाह गरेका हुन ।