जनप्रतिनिधीहरूमाथि लगातार दुर्व्यवहार भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले शुक्रवार सेवा प्रवाह स्थगित गर्ने
News Desk
Jul-04 , 2025 तारिख 11:47 बिहान

जनप्रतिनिधीहरूमाथि लगातार दुर्व्यवहार भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले शुक्रवार सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको छ।

नगरकार्यपालिकाको बैठकले शुक्रबार सेवा प्रवाह अवरोध हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

गत असार ४ गते हेटौँडा उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमा दुर्व्यवहार भएको घटना सेलाउन नपाउॅंदै वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलमाथि दुर्व्यवहार भएको हो। 

ढल निर्माणको अनुगमनको क्रममा पुगेका वडा अध्यक्ष सिग्देललाई निर्माण व्यवसायीले दुर्व्यवहार गरेको उपमहानगरले जनाएको छ। दुर्व्यवहार गर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
 
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले जनप्रतिनिधिको सुरक्षामा नागरिक समाज र सरकार जिम्मेवार बन्नुपर्ने बताइन।