राष्ट्रपतिबाट​ छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालय अवलोकन
News Desk
Jul-06 , 2025 तारिख 10:09 बेलुका

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गर्न जानुभएको हो । उहाँलाई पुरातत्त्व   विभागका  महानिर्देशक  साैभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी  र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी  अर्याललगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएकाे थियाे भने नेपाली सेनाकाे सैनिक  संग्रहालयमा पुग्दा  नेपाली सेनाका बलाधिकृत    निर्मलकुमार थापाले स्वागत गर्नुभएकाे थियाे ।

सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराउनुभएकाे थियाे । त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा  जानकारी गराउनुभएको थियो ।