अनामनगर बस्ने अछाम​का ५५ वर्षीय जगतबहादुर कुवँर ६ दिन देखि बेख​ब​र
News Desk
Jul-07 , 2025 तारिख 06:32 बिहान

अछामको, साफेवगर नगरपालिका- ३ घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको ६ दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म केही पत्ता नलागेको उहाँका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।

कुँवरको खोजीका लागि प्रहरी परिसरमा उनका भतिजा देवबहादुरले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। विभिन्न युनिटमार्फत उनको खोजी भइरहेको उनले जानकारी दिए।

धेरै पढिएको