News Desk
युवतीलाई बलात्कार गरेको आरोपमा आइतबार तानसेन नगरपालिका-१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की पक्राउ परेका छन।
कार्कीले पाल्पाकै २३ वर्षीया नाम परिवर्तित ०८०।०८१ ४७ (ट) युवतीलाई यही असार २० गते शुक्रबार अपराह्न ४ बजे जबरजस्ती करणी गतेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। बताए।
पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो। तानसेन नगरपालिका-४ लहरेपीपलबाट आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
जबरजस्ती करणीमा मुद्दा दर्ता गरी जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।