राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडियाे
News Desk
Jul-07 , 2025 तारिख 05:08 बेलुका

राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ ।  प्रधामन्त्री केपी शर्मा ओलीले आज  एक औपचारिका कार्यक्रममाबीच सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको  उद्घाटन गर्नु भयो ।

पुल उद्घाटनका लागि हुम्लाको खार्पुनाथको खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले  हुम्ला जिल्ला सदरमुका राष्ट्रिय सडक संजालसँग जोडिएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाँले उच्च हिमाली जिल्ला हुम्लामा पर्यटन, व्यापार  र व्यवसायको ठूलो सम्भावना रहेको बताउनु भयो ।

हुम्लाको विकास र आर्थिक अवस्था सुधार गर्नका लागि छिमेकी मुलुक चीन सँगको व्यापार व्यवसाय बढाउन हिल्सा नाकामा क्वारेन्टाइन स्थापना गरिने प्रतिवद्धता समेत प्रधानमन्त्री ओलीले गर्नु भयो । हुम्ला सदरमुका राष्ट्रिय सडक संजालमा जोडिएसँगै मलुकका सवै जिल्ला सदरमुकामहरुमा राष्ट्रिय सडक संजालसँग जोडिएका छन् ।