६ वर्षको जेल सजाय काटेर छुटेका युनुस अन्सारी फेरि कारागार च​लान​
News Desk
Jul-08 , 2025 तारिख 12:29 बेलुका

काठमाडौँ   | नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको जेल सजाय काटेर छुटेका युनुस अन्सारी फेरि कारागार पुगेका छन्। यसपटक उनीमाथि लागेको सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतले माग गरेको १५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा पुनः थुनामा पठाइएको हो।

धरौटी रकम तिर्न नसकेपछि उनलाई काठमाडौँको जगन्नाथ देवल (सुन्धारा) कारागार चलान गरिएको छ।

अन्सारीलाई २०७६ साल जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनीसहित ६ जनालाई नक्कली भारतीय नोटको मुद्दामा दोषी ठहर गर्दै अदालतले सजाय सुनाएको थियो। ६ वर्षको जेल सजाय पूरा गरेपछि अन्सारी यस वर्षको जेठ १० गते नख्खु कारागारबाट रिहा भएका थिए।

तर रिहा भएको केही घण्टामै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको थियो। सीआईबीले उक्त मुद्दामा थप अनुसन्धान अघि बढाएको थियो, जसअनुसार अदालतले धरौटी माग गरेको हो। धरौटी बुझाउन नसकेपछि उनी पुनः थुनामा फर्किएका हुन्।