News Desk
रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। मानविय क्षतिसमेत भएको आशंका गरिएको छ। तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन।
त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ।
यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ।आज बिहान भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ।
बाढीले मानिसहरूलाई पनि बगाएको आशंका छन। बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। तर, बाढी वर्षाको कारणले आएको हो कि अन्य कारणले भन्ने यकिन भइसकेको छैन।