रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका अस​ईको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटियो
News Desk
Jul-09 , 2025 तारिख 07:36 बिहान

रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका एक प्रहरीको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ।

त्यहाँबाट तीन प्रहरीसहित २० जना बेपत्ता भएका छन। असई लालबहादुर श्रेष्ठको शव साँझ ७ बजेतिर त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकाले उनी ड्यूटीमै थिए भन्ने खुलेको थियो।

उनको शवलाई भरतपुर अस्पतालमा लगिएको छ। उनकी श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको पुष्टी भएको हो।

धेरै पढिएको