सरकार र डाक्टरबीच भएको वार्ता सहमतिमा टुंगियो
News Desk
Jul-09 , 2025 तारिख 01:33 बेलुका

सरकार र डाक्टरबीच भएको वार्ता सहमतिमा टुंगिएको छ।नेपाल चिकित्सक संघको नेतृत्वमा आन्दोलनरत चिकित्सक र सरकारबीच भएको वार्तामा सहमति जुटेपछि आजैदेखि आन्दोलन स्थगित गरिएको छ। 

स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीसँग चिकित्सकले आज दुई चरणमा वार्ता गरेका थिए।