News Desk
पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा फणिराज पाठक छुटेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहाराले सोही सर्तमा कागज गरेपछि उनलाई परिवारको जिम्मामा छाडिएको बताए।
संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।