सामुदायिक अस्पतालको सेवा बिस्तार र स्तरोन्नति सम्बन्धी विशेष कार्यक्रम सम्पन्न
News Desk
Jul-12 , 2025 तारिख 07:43 बेलुका

काठमाडौं, साउन २८ – सामुदायिक स्वास्थ्य सेवा परिषद्को सेवा बिस्तार गर्ने उदेश्यले , इन्द्रणी स्वीटस होटल बानेश्वर  विशेष कार्यक्रममार्फत अस्पतालको स्वास्थ्य सेवा बिस्तार र स्तरोन्नतिको लागि छल्फल कार्यक्रम को आयोजना गरीयो ।
उक्त कार्यक्रम मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशीको आयोजनामा, **सुप्रीम हेल्थ केयर प्रा.लि.**को संयोजनमा, र सामुदायिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. डा. बुलन्द थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
डा. प्रेमल कुमार जोशीको सम्बोधन
कार्यक्रममा डा. जोशीले सम्बोधन गर्दै सामुदायिक अस्पताललाई अत्याधुनिक सेवा सुविधासहितको समावेशी तथा समुदायमुखी स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने दृढता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो: "हाम्रो प्रयास अस्पतालको मात्र होइन, सामुदायिक स्वास्थ्यको भविष्यको पुनर्निर्माण हो। आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति, र दूरदर्शी व्यवस्थापनमार्फत हामी स्वास्थ्य सेवा क्षेत्रको रूपान्तरणमा अग्रसर छौँ।"
उहाँले सामुदायिक अस्पतालमा सेवा विस्तार अन्तर्गत आकस्मिक सेवा सुदृढीकरण, विशेषज्ञ सेवा थप, डिजिटल सिस्टम स्थापना, र  पूर्वाधार विकासमा प्राथमिकता दिइने जानकारी दिनुभयो।


अध्यक्ष प्रा. डा. बुलन्द थापाको सम्बोधन
कार्यक्रमका अध्यक्ष प्रा. डा. डा. बुलन्द थापाले आफ्नो सम्बोधनमा सामुदायिक अस्पतालको ऐतिहासिक जिम्मेवारीबारे प्रकाश पार्दै भन्नुभयो:  "हाम्रो अस्पताल कुनै साधारण संस्था होइन; यो जनताको विश्वासको आधार हो। हामीले अस्पतालको चिकित्सा गुणस्तर, जनमैत्री व्यवहार र शीघ्र सेवा प्रवाहमा ठूला सुधार ल्याउने अठोट गरेका छौँ।"

उहाँले आगामी दिनमा अस्पतालबाट निःशुल्क तथा सहुलियत दरमा प्रदान गरिने सेवा सूची विस्तार, विभिन्न जनस्वास्थ्य क्याम्पको आयोजन, विशेषज्ञ चिकित्सकहरूको नियमित सहभागिता, तथा स्वास्थ्य शिक्षा तथा अनुसन्धानलाई समेत प्रोत्साहन गर्ने योजनाहरू प्रस्तुत गर्नुभयो।

डा. थापाले समुदायकै आवश्यकता र सल्लाहअनुसार अस्पतालको सेवा ढाँचा निर्माण गरिने स्पष्ट पार्दै सबै पक्षसँग

सहकार्यको आह्वान गर्नुभयो।
कार्यक्रममा सामुदायिक स्वास्थ्य सेवा परिषद्का सचिव  प्रकाश कुमार श्रेष्ठले मन्तव्य दिँदै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय सेवा प्रवाह र सार्वजनिक उत्तरदायित्वलाई सुदृढ गर्न परिषद् प्रतिबद्ध रहेको बताउनुभयो।

त्यस्तै, परिषद् अस्पताल व्यवस्थापन संयोजक श्रीमती निशा अधिकारी थापा, परिषद् सूचना अधिकारी श्री दीपकचन्द्र गौतम, र प्रमुख प्रशासकीय अधिकृत श्री अमित महर्जनको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सुप्रीम हेल्थ केयर प्रा.लि.का प्रतिनिधिहरूले सामुदायिक अस्पतालमा निजी क्षेत्रको प्रविधि तथा व्यवस्थापन अनुभव समावेश गर्दै ‘पब्लिक–प्राइभेट पार्टनरसिप (PPP)’ मा आधारित सफल स्वास्थ्य सेवा मोडेलको निर्माणमा भूमिका खेल्ने अठोट व्यक्त गरे।

कार्यक्रमको निष्कर्ष

कार्यक्रमको अन्त्यमा अस्पतालको आगामी कार्ययोजना सार्वजनिक गरियो। जसमा सेवा स्तरोन्नति, पूर्वाधार विकास, उपकरण अद्यावधिक, दक्ष जनशक्ति तालिम, र समुदाय लक्षित स्वास्थ्य क्याम्पको संचालन प्रमुख रहेका छन्।
सहभागीहरूद्वारा व्यक्त विचार अनुसार, यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवा क्षेत्रको समग्र रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।