News Desk
साना, यमन | भारतीय नागरिक र केरलाकी नर्स निमिषा प्रियालाई यमनको सर्वोच्च अदालतबाट मृत्युदण्डको अन्तिम फैसला भएको छ। उनलाई बुधबार, यमनको राजधानी सानामै, गोली हानेर मृत्युदण्ड दिने तयारी छ |यमनको कानुनी प्रक्रियाअनुसार अपराधीलाई कार्पेट वा कम्बलमा अनुहार ढाकेपछि गोली हानेर मृत्युदण्ड दीन्छ।
निमिषा सन २०१७ देखि यमनको जेलमा थुनिएकी छन। उनीमाथि स्थानीय नागरिक तलाल अब्दो महदीको हत्या आरोप लागेको थियो। अदालतको फैसलापछि यमनका राष्ट्रपति रशाद अल–अलिमीले पनि सजाय अनुमोदन गरिसकेका छन।
घटना–क्रमको पृष्ठभूमि
२००८ मा १९ वर्षको उमेरमा निमिषा प्रिया यमन गएकी थीन्, जहाँ उनले सरकारी अस्पतालमा नर्सको रुपमा काम थालिन।
पछि उनले विवाह गरी कोच्ची निवासी टमी थोमससँग परिवार बनाएपछि फेरि यमन फर्किए।
आर्थिक अभावका कारण उनले क्लिनिक खोल्ने निर्णय लीन्, तर यमनको कानुनअनुसार स्थानीय साझेदार चाहिन्थ्यो।
यही क्रममा उनको भेट महदीसँग भयो, जसलाई उनले एक समय आफ्नो बिरामीको श्रीमती सुत्केरी गराउन सहयोग गरेकी थीन।
निमिषा र महदी मिलेर निजी क्लिनिक सञ्चालन गर्न थाले, तर समयसँगै सम्बन्ध बिथोलिंदै गयो। महदीले निमिषाको राहदानी कब्जा गरेर उनलाई बन्धकजस्तो बनाएका थिए। उनलाई मानसिक र शारीरिक हिंसा गरिएको थुप्रै रिपोर्टमा उल्लेख छ।
हत्या र सजाय
सन २०१७ मा निमिषाले महदीबाट राहदानी फिर्ता लिन उनलाई औषधिको ओभरडोज दिएकी थीन। तर त्यो प्रयास प्राणघातक सावित भयो – महदीको मृत्यु भयो। केही मिडिया रिपोर्टअनुसार उनले महदीको शव टुक्रा–टुक्रा पारेर पानीट्याङ्कीमा फालेकी थीन।
यसपछि यमन प्रहरीद्वारा पक्राउ परेकी निमिषामाथि ँपूर्व नियोजित हत्याँ को मुद्दा लगाइयो। उनको माफीका लागि यमनको सर्वोच्च अदालतमा गरिएको अपिल सन २०२३ को जुनमा खारेज गरिएको थियो।
अन्तर्राष्ट्रिय प्रयास असफल
भारत सरकार र विभिन्न मानवअधिकार संस्थाहरूले निमिषालाई बचाउन उच्च कूटनीतिक प्रयास गरे। तर यमनको अदालत र कार्यपालिकाले आफ्नो निर्णय यथावत राखे।
हालसम्म मृत्युदण्ड रोक्न कुनै वैकल्पिक समाधान देखिएको छैन। मृत्युदण्डको दिन नजिकिँदै गर्दा भारतमा सामाजिक सञ्जालमा ंषवे णिमिशं अभियान पनि पुनः सक्रिय हुन थालेको छ।
निमिषा प्रियाको कथा एउटी विदेशी महिलाको संघर्ष, शोषण र अन्ततः कानुनी चक्रव्यूहमा अल्झिएको एउटा पीडादायी अध्याय बनेको छ। अब प्रश्न उठ्छ - यो मृत्युदण्ड न्याय हो कि विडम्बना?