News Desk
कञ्चनपुर, असार ३० | कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका-६ स्थित कालागडमा विषालु च्याउ खाँदा एउटै परिवारका पाँच सदस्य बिरामी भएका छन्।
६३ वर्षीया कालु सुनारले पकाएको च्याउको तरकारी खाँदा उनीसहित उनका नातिनातिहरू बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बिरामीमध्ये १८ वर्षीया निशा सुनार, १६ वर्षीय भीम सुनार, १२ वर्षीय वसन्त सुनार र ८ वर्षीया मन्सु सुनार रहेका छन्।
परिवारले भारतको नङ्ग्रा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएको र त्यसपछि सबैलाई स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।