News Desk
काठमाडौं | घुस लिएको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
कास्की जिल्लाका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा रोकेर भूमि आयोगको जिल्ला अध्यक्ष बनाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता चौतर्फी आलोचनामा परेका थिए।
एमालेबाट मन्त्री बनेका गुप्तालाई पार्टीभित्रै पनि राजीनामा दिनुपर्ने दबाब बढिरहेको अवस्थामा उनले अन्ततः पद त्याग गरेका हुन्।
घटनापछि सार्वजनिक क्षेत्र र राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेका थिए भने सो अडिओको सत्यता र घटनाबारे थप अनुसन्धान हुने अपेक्षा गरिएको छ।