भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त
News Desk
Jul-16 , 2025 तारिख 03:25 बिहान

काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व तनहुँकी भगवती न्यौपानेलाई दिइएको छ। अघिल्ला मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेको जानकारी दिएको हो।

न्यौपाने नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तथा प्रमुख सचेतकको भूमिकामा रहँदै आएकी हुन्। विद्यार्थी राजनीतिबाट उदाएकी उनी अनेरास्ववियु हुँदै अनेमसंघ तनहुँको सचिव र दुई कार्यकाल अध्यक्षसमेत भइसकेकी छन्। तनहुँ एमालेकी जिल्ला सचिवका रूपमा पनि उनी सक्रिय रहिन्। हाल उनी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सदस्यसमेत छन्।