News Desk
काठमाडौँ, २०८२ साउन १, बिहीबार | नेपाली लोकसंस्कृतिका धरोहर, क्रान्तिकारी कवि, गीतकार, नाटककार, निबन्धकार एवम् संस्कृतिविद् जनकवि केशरी धर्मराज थापाको ११० औँ पावन जयन्तीको अवसरमा आज स्वयम्भूस्थित होटल पिस जोनमा एक भव्य समारोहको आयोजना गरियो। धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा आयोजित यस विशेष कार्यक्रममा थापाद्वारा रचित 'डाँफेचरी' नामक पत्रिकाको लोकार्पण, 'स्मरणमा धर्मराज थापा' शीर्षकको सांगीतिक श्रद्धाञ्जली कार्यक्रम र उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारियो।
कार्यक्रमको सभापतित्व धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष आदरणीय श्री मदनराज थापाज्यूले गर्नुभएको थियो। कार्यक्रमका उद्घोषक दीपकचन्द्र गौतमले समारोहलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए। प्रमुख अतिथिका रूपमा भाषाविद्, लोक साहित्यकार तथा लोक संस्कृति खण्ड चारका मदन पुरस्कार विजेता प्रा. डा. चुडामणि बन्धुको गरिमामय उपस्थिति रहेको थियो।
विशेष अतिथिहरूमा साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ सम्भव, नेपाल राष्ट्रिय प्राज्ञ एवं संस्कृतिविद् आदरणीय डा. जगमान गुरुङ, नेपाल शिक्षा परिषद्का अध्यक्ष एवं साहित्यकार आदरणीय प्रा. रामा शर्मा, पूर्व शिक्षामन्त्री तथा समाजसेवी आदरणीय राधाकृष्ण मैनाली, साहित्यकार आदरणीय सूर्यबहादुर सेन ओली,, कार्यकारी वडा अध्यक्ष कामपा १५ मैयालक्ष्मी महर्जन लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ र स्वागत मन्तव्य
कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरूले संयुक्त रूपमा जनकवि केशरी धर्मराज थापाको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। धर्मराज सावित्री थापा प्रतिष्ठानका सदस्य तथा जनकवि केशरी धर्मराज थापाका माइला छोरा आदरणीय कवि प्रा. कुञ्जराज थापाले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई हार्दिक स्वागत गरे।
यसैगरी, जनकवि केशरी धर्मराज थापाका जेस्ठ सुपुत्र डा मदनराज थापाले कार्यक्रम बारे प्रकाश पार्नुका साथै धर्मराज सावित्री थापा प्रतिस्ठानको गतीबीधीको बारेमा र लोकार्पण हुँदै गरेको डाफे चरी रीतु पत्रीकाको बारेमा बताउनु भएको थियो ।
यसैगरी, जनकवि केशरी धर्मराज थापाका कान्छा छोरा डा. बुलन्द थापाले बुवा धर्मराज थापालाई स्मरण गर्दै आफ्नो संक्षिप्त सम्बोधनमा उहाँको व्यक्तित्व, योगदान र पारिवारिक स्मरणका केही अंशहरू प्रस्तुत गरे। उनले आफ्ना बुवाको साहित्य, संगीत र समाजसेवाप्रतिको समर्पणको चर्चा गर्दै उहाँबाट आफू र परिवारले पाएको प्रेरणाबारे बताए।
नेपाल राष्ट्रिय प्राज्ञ एवं संस्कृतिविद् आदरणीय डा. जगमान गुरुङज्यूले धर्मराज थापालाई नेपाली लोकसंस्कृतिको सच्चा प्रतिनिधि भन्दै उहाँका गीत, कविता र लेखहरूले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताए।
साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ सम्भवज्यूले थापाको लेखन शैली, उहाँको भाषामा रहेको मौलिकता र लोकजीवनप्रतिको गहिरो प्रेमको चर्चा गर्दै नेपाली साहित्यमा उहाँको स्थान अद्वितीय रहेको बताए।
पूर्व शिक्षामन्त्री तथा समाजसेवी राधाकृष्ण मैनालीजlले धर्मराज थापाले शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँका आदर्शहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।
नेपाल शिक्षा परिषद्का अध्यक्ष एवं साहित्यकार प्रा. रामा शर्माज्यूले थापाले लोक शिक्षा र संस्कृति प्रवर्द्धनमा खेलेको भूमिकालाई स्मरण गर्दै उहाँका कृतिहरूले भावी पुस्तालाई प्रेरणा दिने बताए।

डाँफेचरी' पत्रिका लोकार्पण र थापाको योगदानको स्मरण
समारोहको एक महत्वपूर्ण पक्ष 'डाँफेचरी' नामक पत्रिकाको लोकार्पण थियो। यस पत्रिकाको अनुसन्धान प्रविधि सल्लाहकार प्रा. डा. दयाराम श्रेष्ठ सम्भवले 'जनकवि केशरी' धर्मराज थापाको योगदानबारे स्मरण गर्दै पत्रिका प्रकाशनको उद्देश्य र यसको महत्वमाथि प्रकाश पारे। उनले थापाको अनुसन्धानपरक लेखन, लोकगीत संकलन र प्रकाशनमा 'डाँफेचरी' को भूमिकाबारे चर्चा गरे।
सांगीतिक श्रद्धाञ्जली र सम्मान
कार्यक्रममा धर्मराज थापाका लोकप्रिय तथा कालजयी गीतहरूको सांगीतिक प्रस्तुति गरियो। यस अवसरमा लोकदोहोरी गायक गायिका तथा कलाकारहरू सीता श्रेष्ठ, प्रेमराजा महत र सन्देश श्रेष्ठले आ-आफ्नो मनमोहक प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारे। उनीहरूले थापाका प्रसिद्ध गीतहरू गाएर उहाँको संगीतप्रतिको समर्पणलाई जीवन्त बनाए।
वरिष्ठ कलाकार ज्ञानु राणाले प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गरिन् भने प्रमुख अतिथिले कलाकारहरू सीता श्रेष्ठ, रामजी खाँण, प्रेमराजा महत, सन्देश श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।
प्रमुख अतिथिको मन्तव्य र थापाको जीवनगाथा
प्रमुख अतिथिको आसनबाट भाषाविद्, लोक साहित्यकार तथा लोक संस्कृति खण्ड चारका मदन पुरस्कार विजेता प्रा. डा. चुडामणि बन्धुले धर्मराज थापाको बहुमुखी व्यक्तित्व, लोकसंस्कृतिमा उहाँको अतुलनीय योगदान र नेपाली साहित्यमा उहाँको स्थानको गहन चर्चा गरे। उहाँले थापालाई एक युगपुरुषको संज्ञा दिँदै नेपाली लोकजीवनको सच्चा प्रतिविम्बकार भएको बताए।
त्यस्तै, लेखक तथा अनुसन्धानकर्ता श्री रतन भण्डारीले धर्मराज थापाको जीवन, संघर्ष र साहित्यिक यात्राको विस्तृत प्रस्तुति दिए। उनले थापाको जन्म वि.सं. १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको र बाल्यकालदेखि नै सांगीतिक वातावरणमा हुर्किएका थापाले किशोरावस्थामै कविता, दोहोरी भजन र मौलिक गीतहरूमा रुचि राखेको बताए। भण्डारीले काठमाडौँ आएपछि नेपाली गीतसंगीतको आधिकारिक आवाज बनेका थापाको पहिलो रेकर्ड गरिएको गीत "माथि माथि सैलुङ्ग डाँडा" निकै चर्चित भएको र त्यसले नेपाली जनताको आवाजको प्रतिनिधित्व गरेको तथ्य प्रस्तुत गरे।
