वेदव्यास बोर्डिङ स्कुलको १०० प्रतिशत एसईई सफलता, दुई जनाले ल्याए ४.०० जीपीए
News Desk
Jul-19 , 2025 तारिख 03:15 बेलुका

बु.न.पा १३, चुन्नीखेलस्थित वेदव्यास बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा १०० प्रतिशत सफलता हासिल गरेको छ। यस वर्ष परीक्षा दिएको सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने दुई जना विद्यार्थी समिक्षा राई र कृष्टिना राईले पूर्ण ४.०० जीपीए हासिल गर्न सफल भएका छन्।

विद्यालयले समग्र जीपीए ३.८९ प्राप्त गरेको छ, जुन राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन सक्ने अनुमान गरिएको छ।

विद्यालयका प्रधानाध्यापक सन्तोष पण्डितले यस्तो उत्कृष्ट नतिजा प्राप्त भएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै शैक्षिक उत्कृष्टता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, विद्यालयका भाइस प्रिन्सिपल विजय न्यौपानेले यो सफलता विद्यार्थी, अभिभावक, र शिक्षक शिक्षिकाहरूको समर्पण र कडा परिश्रमको फल भएको बताउनुभयो।